इजिप्टस्थित च्यारिटेबल अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते

   १९ माघ २०७९, बिहीबार १५:५२  

१९ माघ, एजेन्सी । कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

इजिप्टस्थित च्यारिटेबल अस्पतालमा बुधबार भएको आगलागीमा परी ३ जनाको मृत्यु भएको छ । इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो सल्किएपछि त्याहाँ रहेका मानिसहरु निसास्एििका घाइते भएका थिए ।

घाइते भएकाहरुको उपचार भइरहेको छ । यस्तै, हाल आगलागीको कारण खुलेको छैनन् । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एजेन्सी