मूल्य घट्नासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव
पेट्रोल नभएको भन्दै धेरै पम्पले बिक्री वितरण बन्द गरेका छन् । सटरमा पेट्रोल छैन भन्दै बोर्ड टाँसेर पम्प बन्द गरेका छन् । सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा भने सवारीसाधनको लामो लाइन लागेको छ। । उपत्यकामा नेपाल प्रहरीकाे पेट्राेल पम्पमा लामाे लाइन लागेकाे छ भने बानेश्वर आसपासकाे पेट्राेल पम्प बन्द गरिएकाे छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलरमट्टीतेलमा ३० रुपैयाँ घटेको थियो ।यस्तै एल्पी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ । तर आज बिहानैदेखि बजारमा पेट्रोलियम पदार्थको अभाव भएको हो । बजारमा पेट्रोलियम पदार्थको अभाव भएको हल्ला चले पनि यथार्थमा त्यस्तो कुनै अभाव नरहेको नेपाल आयल निगमले बताएको छ । निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार बजारमा केही व्यवसायीहरुले नाफा कमाउने उद्देश्यले कृत्रिम अभाव सिर्जना गरी इन्धन मूल्य घट्ने थाहा पाएपछि पेट्रोलियम पदार्थ लोड नगरेकाले यो समस्या आएका बताए । निगमले सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध हुँदाहुँदै पनि पम्पले लोड नगरेर पेट्रोलियम छैन भनेर पम्पमा बोर्ड राखेको भटिए सिल गर्ने गरि अनुगमन सुरु गरेको उनले बताए । ‘निगमले इन्धन नबेच्ने वा मूल्य घट्ने थाहा पाएपछि लोड नगर्ने पम्पहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउने छ । केही पम्पहरुको भण्डारण क्षमता कम भएका कारण इन्धनको आपूर्तिमा सामान्य ढिलाइ हुन सक्ने भए पनि समग्रमा बजारमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको छ,’ ठाकुरले बताए ।






