होमवर्क नगरेको आरोपमा विद्यार्थीलाई निर्घात कुटपिट
१६ असार, रौतहट । रौतहटको गौरस्थित एक निजी बोर्डिङ विद्यालयमा होमवर्क नगरेको भन्दै एक विद्यार्थीलाई निर्घात कुटपिट गरेको छ ।
गौर बरहवा पुल भन्दा उतर तर्फ रहेको बालनिकेतन बोर्डिंङ्ग स्कूलमा अध्यनरत कक्षा ५ का विद्यार्थीलाई प्रिन्सीपलकी छोरीले पाइपले पिटेकी हुन । सो विद्यालयको शिक्षिका समेत नरहेकी उनले दुई जना विद्यार्थीलाई निर्घात कुटपिट गरेकी पीडित अभिभावकले बताए ।
कुटपिटले गर्दा विद्यार्थीको दुवै खुट्टामा रातो डाम तथा चोट देखिएको छ । घटनापछि विद्यार्थी शारीरिक तथा मानसिक रूपमा आक्रान्त भएको परिवारको भनाइ छ ।
पटक पटक विद्यार्थीहरुलाई यातना दिने बालनिकेतन बोर्डिंङ्ग स्कूललाई कारवाही गर्नु पर्ने समेत अभिभावको माँग रहेको छ । पीडित पक्षले दोषीमाथि आवश्यक छानबिन गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । बालकलाई अमानवीय तरिकाले कुटे पछि आक्रोशित बनेका अभिभावक संग विद्यालयले माफी मागेको छ ।
विद्यालयमा हुने शारीरिक दण्डले बालअधिकार उल्लङ्घन हुने भएकाले यस्ता घटनामा सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने माग स्थानीयवासी तथा अभिभावकहरूले गरेका छन ।
गौर नगरपालिकाका शिक्षा शाखा प्रमुख उतम भट्टराइले घटनाबारे आफुलाई आज मात्रै जानकारी प्राप्त भएकोले विद्यालयमा अनुगमन गरेर घटनाको यथार्थ छानबिन गरी दोषिलाई कानून बमोजिम को कारवाही हुने बताएका छन ।






