न्युजिल्याण्डका प्रधानमन्त्रीको पदमा हिपकिन्स नियुक्त

   ७ माघ २०७९, शनिबार १२:०१  

७ माघ, एजेन्सी । न्युजिल्याण्डका प्रधानमन्त्रीको पदमा क्रिस हिपकिन्स नियुक्त भएका छन् ।

लेबर पार्टीबाट नेतृत्वका लागि एक मात्र उम्मेदवार रहेकोले ४४ वर्षीय क्रिस हिपकिन्स प्रधानमन्त्रीको पदमा नियुक्त भएको बीबीसीले जनाएको छ ।

शुक्रबार अर्डर्नले आगामी महिनाबाट प्रधानमन्त्री पद छोड्ने घोषणा गरेकी थिइन् । अर्डर्नले शुक्रबार प्रधानमन्त्रीको पदबाट आफू मुक्त हुने घोषणा गरेसंगै हिपकिन्स न्यूजिल्याण्डको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।