रुसमा विमान दुर्घटना हुँदा ४ जना सैनिकको मृत्यु

   १० असार २०७९, शुक्रबार १५:५३  

१० असार, एजेन्सी । रुसमा सैनिक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा रुसमा सैनिकको मालवाहक जहाज दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

परीक्षण उडानका क्रममा रुसको सैनिक कार्गो विमान दुर्घटनामा परेको बताइएको छ । जहाज कार्गो जहाज भएपनि कुनै सामान नराखी परीक्षण स्वरुप उडान गरिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

त्यसैक्रममा विमान दुर्घटनामा परेको र त्यसमा रहेका चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर घाइते भएका उडान दलका ५ जना सदस्यहरु गम्भीर घाइते भएका छन् ।

उनीहरु हाल उपचाररत रहेको रुसी समाचार संस्था रियालाई उद्धृत गर्दै रोयटर्स प्रकाशित गरिएको छ ।