भारतमा फेरी संक्रमण दर बढ्दैँ
२ असार, एजेन्सी । भारतमा फेरी कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन् ।
गत बुधबार भारतमा ८ हजार ६४१ जना कोरोना सङ्क्रमित भएका थिए । भारतमा हाल कोरोना संक्रमितको कुल संख्या ४ करोड ३२ लाख ५७ हजार ७३० पुगेको छ । यसमध्ये ५८ हजार २१५ सक्रिय सङ्क्रमित रहेका भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल संख्या ४ करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ ।
यस्तै, कोरोना महामारीबाट बुधबार भारतमा ११ जनाको मृत्यु भएको छ । यससहित हालसमम भारतमा ५ लाख २४ हजार ८०३ जनाको ज्यान गुमाइसकेका छन् । एजेन्सी






