संसद् विघटन गरेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

   २७ चैत्र २०७८, आईतवार १०:३९  

२७ चैत, एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् ।

प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ । अविश्वासको प्रस्ताव पारित भएसँगै पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका हुन् ।

सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि आक्रोशित प्रतिपक्षी दलका नेताहरू संसद्मा मतदान रोक्ने निर्णय कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए ।

बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई उल्टाएको थियो । जसमा विपक्षीहरुले इमरान खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई संविधानको धारा ५ को हवाला दिँदै खारेज गरेको थियो । एजेन्सी