कंंगोस्थित एक रेष्टुरेन्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १५ को अवस्था गम्भीर
२५ चैत्र, एजेन्सी । कंगोको उत्तरी किभु प्रान्तस्थित एउटा रेष्टुरेन्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु, भएको छ भने १५ जना घाइते भएका छन् ।
उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा बिहीबार साँझ भएको विस्फोटमा परेर ६ जनाको मृत्यु भएको छ । विस्फोटमा परेर घाइते भएका १५ जनामध्ये अधिकांशको अवस्था गम्भीर रहेको कंगोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले जानकारी दिएको अन्तराष्ट्रि सामाचारमा उल्लेख गरिएको छ ।
विस्फोटबा रेष्टुरेन्टमा पनि ठूलो क्षति पुगेको छ ।
विस्फोट कसले र किन गराएको हो भन्ने बारे हाल यकिन हुन सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको छ । एजेन्सी






