दक्षिण कोरीयामा वायु सेनाको ट्रेनर विमान दुर्घटना हुँदा एकको मृत्यु, तीन उपचाररत
१८ चैत, एजेन्सी । दक्षिण कोरियामा वायु सेनाको ट्रेनर विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर भएको छ ।
दक्षिण कोरियाको दक्षिणपूर्वी सहरमा विमान दुर्घटना भएको योनहाप सञ्चार एजेन्सीले शुक्रबार जनाएको छ । सो विमान राजधानी सियोलबाट करिब ४४० किलोमिटर दक्षिणपूर्वमा साचियोनको धान खेतमा बिहीबार दिउँसो १:३६ बजे दुर्घटना भएको थियो ।
अग्निनियन्त्रक अधिकारीहरूले उद्धारका लागि दुई हेलिकप्टर, १४ वटा गाडी र ३५ जना कर्मचारी घटनास्थलमा पठाएका छन् । एजेन्सी






