भारतको दिल्लीमा ढलको लाइनमा खसेर ४ जनाको मृत्यु

   १६ चैत्र २०७८, बुधबार १४:३५  

१६ चैत, एजेन्सी । भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको छ । दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीका अनुसार ढलको लाइनमा खसेर बुधबार चार जनाको मृत्यु भएको छ ।

ती श्रमिकहरू पश्चिम दिल्लीको रोहिणी क्षेत्रमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी महानगर टेलिफोन निगम लिमिटेडको टेलिफोन र ब्रोडब्यान्ड केबल बिछ्याउँने क्रममा मंगलबार साँझ दुर्घटना भएको थियो ।

दुर्घटना पश्चात् रातभरी उद्धार कार्य जारी रहेको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले जनाएका छन् । उजेन्सी