आक्रमणका क्रममा युक्रेनमा १७ हजार रुसी सैनिक मारिएको पुष्टि
१५ चैत, एजेन्सी । युक्रेन र रुस आक्रमणका क्रममा हालसम्म १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले जनाएको छ ।
गत फेब्रुअरी २४ मा आक्रमण थालेयता १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएको हो ।
यस्तै, रुसी सेनाको ५ सय ९७ ट्यांक, १ हजार ७ सय १० बख्तरबन्द गाडी, १ सय २७ लडाकु विमान, १ सय २९ सैनिक हेलिकोप्टर र सात पानीजहाज पनि ध्वस्त पारेको युक्रेनी सेनाले जनाएको छ ।
युक्रेनमा जारी आक्रमणका क्रममा भएका सैनिक हताहतीबारे दुई पक्षले फरक फरक तथ्यांक प्रस्तुत गर्दै आएका छन् । गत शुक्रबार रुसले युक्रेनमा आफ्ना केबल १ हजार ३ सय ५१ सैनिक मारिएको जनाएको थियो । एजेन्सी






