संक्रमणदर बढेसंगै चिनको शङ्घाईमा सहरमा लकडाउनको घोषणा

   १४ चैत्र २०७८, सोमबार १२:०५  

१४ चैत, एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण चिनको शङ्घाईमा सहरमा लकडाउनको घोषणा गरिएको छ ।

कोरोनाको सङ्क्रमण बढ्न थालेपछि आज बिहानदेखि लागू हुने गरी लकडाउनको घोषणा गरिएको हो । अगामी ९ दिनसम्म शङ्घाईमा दुई चरणमा लकडाउन हुनेछ ।

सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ तारिखदेखि ५ तारिखसम्म लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ । शङ्घाईमा रहेका सबैको स्वास्थ्य परीक्षणका लागि लकडाउन घोषणा गरिएको स्थानीय अधिकारीले जनाएका छन् ।

लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुने समेत खबरमा उल्लेख गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण शून्य जस्तै रहेको चीनमा पून सङ्क्रमण बढ्न थालेको छ । एजेन्सी