चीनमा ५ हजार २८० संक्रमित थपिएपछि, ११ सहरमा लकडाउन

   १ चैत्र २०७८, मंगलवार १३:१८  

१ चैत, एजेन्सी । चीनमा ५ हजार भन्दी बढी कोरोना संमित थपिएसंगै ११ वटा सहरमा लकडाउन गरिएको छ । मंगलबार त्यहाँ ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ ।

सबैभन्दा धेरै संक्रमित जिलिन प्रान्तमा देखिएको छ । जिलिनमा मात्रै तीन हजार बढी संक्रमित थपिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

चीनमा कोरोना संक्रमण बढ्न थालेपछि कम्तीमा पनि ११ सहर र काउन्टीमा लकडाउन गरिएको छ । एक करोड ७० लाख जनसंख्या भएको प्रविधिको हब मानिएको सहर शेनझेनमा पनि लकडाउन गरिएको छ । झन्डै ३ करोड चिनियाँहरू अहिले लकडाउनमा बस्न बाध्य भएका छन् । चिनियाँ अधिकारीहरूले कडा लकडाउन लागू गरेका छन् । ‘जिरो कोभिड’को रणनीति अपनाएर उनीहरूले लकडाउन गरिरहेका हुन् ।

६ दिनयता चीनमा दैनिक एक हजार बढी संक्रमित थपिरहेको एएफपीले जनाएको छ । चीनमा अहिलेसम्म १ लाख २० हजार ५०४ जनामा कोरोना संक्रमण पुष्टि र ४ हजार ६३६ जनाको मृत्यु भइसकेको छ । एजेन्सी