युक्रेन र रूसबीच वार्ता हुँदै

   ३० फाल्गुन २०७८, सोमबार १३:५७  

३० फागुन्, एजेन्सी । युक्रेनमा जारी युद्ध रोक्न कूटनीटिक प्रयासपछि दुबै देशका नेताहरू सोमबार फेरि वार्ता गर्ने भएका छन् । वार्ता गर्न दुबै पक्ष सकारात्मक रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘रूसले प्रभावकारी रूपमा कुरा गर्न सुरू गरिसकेको छ,’ युक्रेनी वार्ताकार मिखाइलो पोडोल्याकले भिडिओमा भने, ‘मलाई लाग्छ कि हामीले केही दिनमै परिणाम आउँछ।’

रूसी समाचार एजेन्सीले रूसी प्रतिनिधि लिओनिड स्लट्स्कीलाई उदृत गर्दै वार्ता सकारात्मक रहेको र सम्झौता गर्न सम्भव भएको बताएका थिए ।
उनीहरूबीच भिडिओमार्फत्त् स्थानीय समयअनुसार ८:३० बजे बिहान छलफल हुन लागेको युक्रेनले जनाएको छ । के कस्तो विषयमा छलफल हुने खुलेको छैन।

युक्रेन र रूसबीच बेलारूसमा तीन पटक छलफल भइसकेको छ ।