पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोरोना पुष्टि
३० फागुन, एजेन्सी । अमेरिकाका पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफू संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
उनले आफूलाई केही दिनदेखि घाँटीमा हल्का अप्ठेरो भएको भएपनि अन्य अवस्था भने सामान्य रहेको लेखेका छन् । ओबामालाई संक्रमण भएपनि उनकी श्रीमती मिसेलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
ओबामा दम्पतीले कोरोनाविरुद्धको बुस्टर डोज पनि लगाइसकेका छन् । ओमिक्रोन भेरियन्टको संक्रमण कम हुँदै गएपछि अहिले अमेरिकामा अहिले दैनिक ५ हजारको हाराहारीमा संक्रमित भेटिरहेका छन् । एजेन्सी






