भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु

   १० फाल्गुन २०७८, मंगलवार १४:२८  

१० फागुन, एजेन्सी । भारतको उत्तराखण्डमा आज बिहान भएको गाडी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ । मंगलवार बिहान भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर बताइएको छ ।

विवाह समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको भारतीय संञ्चारमाध्यहरुले जनाएको छ । गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । पीडितहरू राज्यको चम्पावत क्षेत्रका वासिन्दा हुन् । दुर्घटनामा परी ज्यान गुमाएका ११ जनाको शव खाल्डोबाट निकालिएको छ ।

अन्य घाइते भएका दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था गम्भीर बताइएको छ । एजेन्सी ।