विहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई ५ वर्ष जेल सजाय
९ फागुन, एजेन्सी । भारत विहारका पूर्व मुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई ५ वर्ष अदालतले जेल सजाय सुनाइएको छ ।
पाँचौ चारा घोटला कान्डमा विशेष अदालतले ५ वर्ष जेल सजाय सुनाएको हो । विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवान समेत तोकेको छ ।
लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो । त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाय सुनाइएको थियो ।
यसअघि चार ओटै चारा घोटला कान्डमा उनी दोषी ठहर भएका थिए । एजेन्सी






