भारतको राजस्थनामा कार नदीमा खस्दाँ दुलहासहित ९ जन्तीको मृत्यु

   ८ फाल्गुन २०७८, आईतवार १३:४६  

८ फागुन, एजेन्सी । भारतको राजस्थानको कोटामा तीव्र गतिको कारण दुलहासमेत बसेको कार नदीमा खस्दाँ ९ जनाको मृत्यु भएको छ ।
आज बिहान कार नयापुरा नजिकै ‘छोटी पुलिया’ मा खस्दाँ दुलहासहित ९ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले छापेका छन् । कार दुर्घटना भएको सूचना पाउने लगत्तै प्रहरी र निगमको गोताखोरको समूह घटनास्थलमा पुगेर नदीमा डुबेका सबैको शव उद्धार गरि बाहिर निकालिएको छ ।

जन्ती चौथको बरवाडाबाट उज्जैनका भैरुनालाको हरिजन बस्ती जाँदै थियो । सबै ९ जना एउटै कारमा सवार थिए । निगम गोताखोर विष्णु श्रृंगीका अनुसार दुर्घटना बिहान साढे पाँच बजे भएको थियो । पैदल यात्रुले चम्बल नदीमा कार पल्टिएको देखे । त्यसपछि निगमको गोताखोरको समूह घटनास्थल पुग्यो । क्रेनको मद्दतले कार बाहिर निकालियो ।

मृतकमा दुलहा अविनाश वाल्मिकी पनि समावेश छन् । परिवारले दिएको जानकारी अनुसार कारमा अविनाशसँग साथी र केही आफन्त थिए । उनीहरुसँग जन्तीको एउटा बस पनि गइरहेको थियो जुन अगाडि गइसकेको थियो । यो बसमा ७० जना सवार थिए । उनीहरु बरवाडाबाट २ बजे हिँडेका थिए ।

त्यसपछि सबैजना केशोरायपाटनमा चिया पिउनका लागि बसे । त्यसपछि बस अघि बढ्यो । जब बसले कोटा पार गरिसकेको थियो तब त्यसमा सवार जन्तीलाई कार त निकै पर भएको भान भयो । त्यसपछि केही मानिसले कार चम्बलमा नै दुर्घटनाग्रस्त भएको जानकारी जन्तीलाई दिए । एजेन्सी