कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एक जनाको हत्या

   १ फाल्गुन २०७८, आईतवार १०:४१  


१ फागुन, एजेन्सी ।
कुरानको अपमान गरेको भन्दैँ पाकिस्तानमा एक जनाको हत्या गरिएको छ ।

ईस्लाम धार्मिक ग्रन्थ कुरानको अपमान गरेको भन्दैँ पाकिस्तानको पन्जाब प्रान्तको खानेवाल जिल्लाको विकट गाउँमा शनिबार एक पुरूषकोहत्या गरिएको डन समाचार पत्रमा छापिएको छ ।

समाचारमा उल्लेख भएअनुसार ती पुरूषले सुरूमा कुरानका केही पाना च्यातेको र पछि तिनलाई जलाएको आरोपमा स्थानीयले उनलाई रूखमा बाँधेर ढुंगाले हानी-हानी निर्मम हत्या गरेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार आरोपीलाई गाउँलेहरूले मार्नुभन्दा पहिला प्रहरी टोली पुगेको थियो तर गाउँलेले उनलाई प्रहरीबाट थुतेर लगेका थिए ।
एजेन्सी