समय भन्दाँ अगावै प्रतिबन्धहरु हटाउने, बृटिश सरकार
२७ माघ, एजेन्सी । बृटिश सरकारले तोकिएको समयभन्दा अगावै बेलायतमा कोरोनाका विरुद्धमा लगाइएको प्रतिबन्ध हटाउने भएका छन् ।
कोरोनाको कारण लगाइएको प्रतिबन्ध समयभन्दा अगावै हटाइने बृटिश प्रधानमन्त्री बोरिस जोनसनले बुधबार बसेको बैठकले घोषणा गरेका हुन् । बेलायतमा आगामी मार्चको २४ तारिखसम्मका लागि कोरोना भाइरसका विरुद्धका प्रतिबन्धहरु लगाइएको छ ।
तर त्यस अगावै सबै प्रकारका प्रतिबन्धहरुलाई फुकुवा गर्ने तयारी सरकारले थालिसकेको र फुकुवा पनि गरिने घोषणा उहाँले गर्नुभएको बताइएको छ ।
उहाँले अहिले पनि बेलायत सरकारले कुनै पनि कोभिड पोजेटिभ व्यक्तिले पाँच दिनमात्र आइसोलेसनमा बसे हुने खालको नीति घोषणा गरेको बताउनुभयो ।
उहाँले अब बेलायत सरकारले कोभिड लागेका र कोभिडका विरुद्धका प्रतिबन्धहरुमा पनि धेरै परिवर्तन गर्ने तयारी गरेको जानकारी गराउनुभएको हो । एजेन्सी






