क्यानडामा प्रदर्शन चर्किदाँ प्रधानमन्त्रीले घर छाडे

   १७ माघ २०७८, सोमबार ११:२३  

१७ माघ, बीबीसी । क्यानडामा कोरोना खोप अनिवार्य भएपछि विरोध प्रदर्शन सुरु भएको छ ।

ट्रक चालकहरुलाई पनि कोरोना खोप अनिवार्य गरिएपछि क्यानडामा सुरु भएको प्रदर्शन चर्काेपछि आफू असुरक्षित महसुस गर्दै प्रधानमन्त्रीले जस्टिन ट्रुडोले परिवारका सदस्यसहित राजधानी ओटावास्थित आफ्नो घर छाडेर अन्यत्र गएको बीबीसीले जनाएको छ ।

प्रदर्शनका कारण निजी निवास छाडेर हाल उनी कहाँ गएर बसेका छन् भन्ने खुलाइएको छैन ।

अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरुलाई पनि कोरोनाविरुद्धको खोप अनिवार्य गरिएपछि ट्रक चालकहरुलाई साथ दिंदै अन्य हजारौं नागरिकहरु पनि प्रदर्शनमा उत्रिएका छन् ।

त्यसको विरोधमा ट्रक चालकहरुले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक तेस्र्याएर यातायात सेवा अवरुद्ध पारेका छन् । विरोध प्रदर्शनका कारण दोस्रो दिन पनि क्यानडाको राजधानी ओटावा ठप्प भएको बीबीसीले जनाएको छ । एजेन्सी