आगलागीमा परेर एकै परिवारका ६ जनाको मृत्यु, तीनको अवस्था गम्भीर

   १४ मंसिर २०७९, बुधबार १६:३४  

१४ मंसिर, एजेन्सी । भारतको उत्तरप्रदेशस्थित एक आवासीय भवनमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।

विद्युत् प्रवाह भई भवनमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । फिरोजावाद (उत्तरप्रदेश) स्थित आवासीय भवनमा मंगलबार राति भएको आगलागीमा परेर तीन जना बालबालिकसहित ६ जनाको मृत्यु भएको छ ।

आगलागीमा परेर गम्भीर घाइते भएका तीनै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, दुर्घटनामा ज्यान गुमाएका परिवारलाई तत्काल दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने मुख्यमन्त्री कार्यालयले घोषणा गरेका छन् । एजेन्सी