केदारनाथमा हेलिकप्टर दुर्घटना हुदाँ ७ जनाको मृत्यु

   १ कार्तिक २०७९, मंगलवार १४:३४  

१ कात्तिक, एजेन्सी । केदारनाथमा हेलिकप्टर दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको छ । आज दिउँसो १२ बजे उत्तराखण्डस्थित केदारनाथ नजिक दर्शनार्थी बोकेको हेलिकोप्टर दुर्घटना भएको हो ।

भारतको उत्तराखण्डस्थित केदारनाथमा आर्यन कम्पनीको हेलिकप्टर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । दुर्घटनाग्रस्त भएको हेलिकप्टरमा ७ जना सवार भएको समेत भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएका उनीहरुको शव निकाल्ने कार्य भइरहेको छ । केदारनाथ दर्शनपछि फर्किने क्रममा दुर्घटना भएको हो । रुद्रप्रयागबाट २ किलोमिटर टाढा दुर्घटना भएको छ । दुर्घटनाग्रस्त क्षेत्रमा हिमपात भइरहेको थियो ।

यस्तै, मौसम प्रतिकूलताका कारण हेलिकप्टर दुर्घटना भएको थियो । एजेन्सी