भारतमा कोरोनाको कहर

   ५ माघ २०७८, बुधबार १३:४५  

५ माघ, एजेन्सी । भारतमा कोरोनाको (कहर) यो अवधिमा एकैदिन २ लाख ८२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ९ सय ७० जना नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितहरुसंगै हालसम्म भारतमा कोरोनासंक्रमित हुनेको कुल संख्या ३ करोड ७९ लाख नाघेको छ ।

यस्तै, विगत २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण थप ४४१ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म भारतमा संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ४ लाख ८७ हजार २०२ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल १८ लाख ३१ हजार संक्रमित उपचाररत हुन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित पुष्टि भएका ५ राज्यमा कर्नाटक शीर्ष स्थानमा छ । त्यहाँ ४१ हजार ४५७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै, दोस्रो स्थानमा रहेको महाराष्ट्रमा पछिल्लो २४ घण्टाभित्र ३९ हजार २०७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । केरलमा २८ हजार ४८१, तमिलनाडुमा २३ हजार ८८८ र गुजरातमा १७ हजार ११९ जना नयाँ सक्रमित थपिएका छन् ।

यसैबीच, कोभिड १९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित आज बढेर ८ हजार ९ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एजेन्सी