भारतमा थपिए साढे २ लाख संक्रमित
३ माघ, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै हालसम्म भारतमा संक्रमितको कुल संख्या ३ करोड ७३ लाख ८० हजार पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, बितेको २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण थप ३८५ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै भारतमा हालसम्म ४ लाख ८६ हजार ४५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतमा तेस्रो लहरसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । हाल त्यहाँ सक्रिय संक्रमितको संख्या १६ लाख ५६ हजार ३४१ रहेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा ४६६ जना ओमिक्रोन भेरियन्टका संक्रमित थपिएसँगै यो भेरियन्टबाट संक्रमित हुनेको संख्या ८ हजार २०९ पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।






