भारतमा थपिए दुई लाख भन्दा बढी नयाँ संक्रमित
२९ पुस, एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा झण्डै दुई लाख भन्दाँ बढी कोरोना संक्रमित थपिएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा २ लाख ४७ हजार ४ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतमा गत मे महिनापछि पहिलोपटक कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या २ लाख नाघेको हो ।
त्यसैगरी, विगत २४ घण्टामा पछिल्लो २४ घण्टामा संक्रमणको कारण ३८० जनाको मृत्यु भएको छ ।
हाल भारतमा ओमिक्रोन भेरियन्ट ५ हजार ४८८ जनामा पुष्टि भएको छ ।






