भारतमा तीव्र रुपमा फैलिदैँ कोरोना
२५ पुस, एजेन्सी । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिएसंगै छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमित यो अवधिमा भारतमा एकैदिन १ लाख ५९ हजार ६३२ जना थपिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् । त्यसैगरी, यो अवधिमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण थप ३ सय २७ जनाको भारतीय स्वास्थ्य मन्ज्त्रालयले जनाएको छ ।
त्यस्तै, आइतबारसम्म (कोभिड १९) को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ३ हजार ६२३ पुगेको छ । हालसम्म २७ राज्यमा नयाँ यो भेरियन्ट ओमिक्रोन फैलिइसकेको छ ।
यस्तै, महाराष्ट्रमा ओमिक्रोनका संक्रमित सबैभन्दा धेरै छन् । त्यहाँ यो भेरियन्तका संक्रमितको संख्या १ हजार ९ पुगेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ५१३ जनामा हालसम्म ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
हाल भारतमा संक्रिय संक्रमितको संख्या ५ लाख ९० हजार ६११ रहेको छ । संक्रमितको संख्या एक्कासि बढ्न थालेपछि भारतका कैयौं राज्यमा कडाइ गरिएको छ । दिल्ली र कर्नाटकमा हप्तामा २ दिनको लागि कफ्र्यू लागू गरिएको छ । एजेन्सी






