साउदी संक्रमण सख्या बढदै

   १५ पुष २०७८, बिहीबार १६:०३  

एजेन्सी । साउदी अरबमा पनि कोरोना संक्रमितको संख्याहरु बढ्न थालेका छन् । संक्रमित बढिरहेका बेला साउदी अधिकारीले आज (बिहीबार) देखि सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम पुनस् लागू गरेका छन् ।

बुधबार साउदी अरबमा ७४४ जना नयाँ संक्रमित थपिएको जनाइएको छ । उक्त संख्या अहिले सम्म कै धेरै रहेको जनाइएको छ।

स्वास्थ्य मन्त्रालय साउदी अरबका अनुसार हालसम्म कुल ५ लाख ५४ हजार ६६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल गम्भीर संक्रमितको संख्या ४३ रहेको मन्त्रालयको भनाइ छ ।

केही समयअघि साउदी अरबको स्वास्थ्य मन्त्रालयले कोभिड खोपको दोस्रो डोज लगाएको ३ महिनापछि मानिसहरूले बुस्टर डोज लगाउन सक्ने बताएको थियो ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०का प्रमुख डा। टेड्रोस एड्हानोम गेहब्रेयससले डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको बताएका छन् ।