ओमिक्रोनको संक्रमणबाट अस्ट्रेलियामा एक वृद्धको मृत्यु

   १२ पुष २०७८, सोमबार १४:०५  

१२ पुस, एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट अस्ट्रेलियामा पहिलो पटक एक वृद्ध पुरुषको मृत्यु भएको छ ।

न्यु साउद वेल्स राज्यमा ओमिक्रोनको संक्रमणका कारण एक ८० वर्षीय वृद्धको ज्यान गएको हो । केयर फेसिलिटीमा संक्रमित उनको उपचारका क्रममा सिड्नीको एक अस्पतालमा मृत्यु भएको हो ।

अस्ट्रेलियामा कोभिडका कारण बन्द गरिएका सीमाना दुई वर्षपछि दुई साताअघि खुला गरिएको थियो । तर, ओमिक्रोनको संक्रमित थपिदैँ जाँदा सीमामा पुनः कडाई गर्ने विषयमा आवाज उठेको छ । एजेन्सी