युक्रेनका राष्ट्रपतिको कार दुर्घटनाग्रस्त

   ३० भाद्र २०७९, बिहीबार ११:४६  

३० भदौँ, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार दुर्घटना भएको छ । राष्ट्रपति जेलेन्स्कीको कारसँग एउटा निजी कार ठोक्किएको सरकारका एक प्रवक्ताले संक्षिप्त बयानमा जनाएका हुन् ।

सर्गी निकिफोरोभ नाम गरेका ती प्रवक्ताले भने, ‘राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरिएको छ, कुनै गम्भीर चोट पाइएको छैन ।’

राष्ट्रपति जेलेन्स्कीको कारसँग ठोक्किएको निजी कारका मालिक भने घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटना बारे अनुसन्धान भइरहेको जनाएका छन् । एजेन्सी