भारतीय प्रधानमन्त्री मोदी र पुटिनबीच भेटवार्ता हुने
द नेपाल मिडिया
२९ भाद्र २०७९, बुधबार १०:३५
२९ भदौँ, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ ।
सांघाई सहयोग संगठन (एससीओ) को साइडलाइन बैठकमा दुवै देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने भएको क्रेमलिनले जनाएको छ । वार्तामा मुख्यतया दुई देशबीचको व्यापार र ऊर्जा सम्बन्धमा केन्द्रित रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भारत, काजाकिस्तान, चीन, किर्गिजस्तान, रुस, ताजिकिस्तान, पाकिस्तान र उजबेकिस्तान गरी आठ पूर्ण सदस्यसहित एससीओ हाल विश्वको सबैभन्दा ठूलो क्षेत्रीय समूह हो ।
भारत र रुसबीचको व्यापार कारोबार सन् २०२२ को पहिलो ६ महिनामा ११ दशमलब ५ अर्ब डलर पुगेको छ, जुन वार्षिक रूपमा लगभग १२० प्रतिशतले बढी हो । एजेन्सी