अमेरिकामा मंकीपक्स संक्रमणबाट एक जनाको मृत्यु
द नेपाल मिडिया
२८ भाद्र २०७९, मंगलवार १४:५१
२८ भदौँ, एजेन्सी । मंकीपक्स संक्रमणबाट पहिलो पटक अमेरिकामा एक जनाको मृत्यु भएको छ ।
लस एन्जलस काउन्टी सार्वजनिक स्वास्थ्य विभागले पुष्टि गरे अनुसार मंकीपक्स संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु ओरिकामा भएको छ ।
विरामीलाई अस्पतालमा उपचार गरिएको र उनको प्रतिरोध क्षमता कमजोर रहेको थियो ।
लस एन्जलस काउन्टी अफ पब्लिक हेल्थ विभागले पोस्टमार्टम रिपोर्टबाट मृत्युको पुष्टि भएको जनाएको छ ।