बेलायती महारानी द्वितीयको निधन

   २४ भाद्र २०७९, शुक्रबार ११:३९  

२४ भदौँ, एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ ।

सात दशकभन्दा लामो समय शासन गरेकी बेलायती महारानी ९६ वर्षीया एलिजाबेथ द्वितीयको निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार साँझ उनको निधन भएको हो ।

सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् ।

उनी सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा उनले राजगद्दी आरोहण गरेकी थिइन् । एजेन्सी