पाकिस्तानमा बाढीको कहर बढ्दैँ
द नेपाल मिडिया
१६ भाद्र २०७९, बिहीबार ११:२१
१६ भदौँ, एजेन्सी । पाकिस्तानमा बाढीका कारण ३ करोड ३० लाख भन्दा बढी मानिस प्रभावित भएका छन् भने ३ हजार भन्दा बढी मानिस घाइते भएका छन् ।
बाढीका कारण अस्तव्यस्त बनेको पाकिस्तानको सिन्ध प्रान्तमा १०० किलोमिटर लामो ताल बनेको छ । बाढीका कारण पाकिस्तानको ३३ प्रतिशत भाग अहिले डुबानमा छ ।
यस्तै, गत जुन महिनाबाट सुरु भएको बाढीको कहरका कारण पाकिस्तानमा हालसम्म १ हजार १६२ जनाले ज्यान गुमाइसकेका छन् ।
नासाको मोडिज् स्याटलाइट सेनसरले लिएको तस्विरमा इन्डस नदीको बहाव बढ्दा सिन्ध प्रान्तमा ६२ माइल लामो ताल नै बनेको हो । एजेन्सी