पश्चिम सागरमा आज बिहान उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल प्रहार
१ भदौँ, एजेन्सी । उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल पश्चिम सागरमा प्रहार गरेका छन् ।
उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागारमा आज बिहान क्रुज मिसाइल प्रहार गरेको सियोलको रक्षा मनत्रालयले जनाएको छ । मन्त्रालयका एक अधिकारीको भनाइ उद्धृत गर्दै एएफपीलाई जनाएको छ ।
अमेरिका र दक्षिण कोरियाका सैन्य अधिकारीहरूले उत्तरको मिसाइल प्रहारबारे विस्तृत विवरणहरूको विश्लेषण गरिरहेका पनि अधिकारीहरूले जनाएका छन् ।
योनहाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाले जनवरीदेखि क्रुज मिसाइल परीक्षण गरेको थिएन । पछिल्लो पटक प्योङयाङले जुलाई १० मा हतियार परीक्षण गरेको थियो । त्यतिबेला उसले रकेट लन्चरहरू फायर गरेका थिए ।
उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक पूर्ण दायरामा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहारसहित जनवरीदेखि नै प्रतिबन्धित हतियार परीक्षण गरेको थियो । विश्वबाटै एक्लिएको प्योङयाङले आफ्नो सातौं आणविक परीक्षणबारे योजना गरिरहेको बताइएको छ । एजेन्सी






