विश्वविद्यालयमा गोली हानाहान हुदाँ तीन जनाको मृत्यु
२ फागुन, एजेन्सी । अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली हानाहान हुँदा तीन जनाको मृत्यु भएको छ ।
अमेरिकाको विश्वविद्यालयमा सोमबार राति गोली हानाहान हुँदा तीन जनाको मृत्यु भएको छ, भने ५ जना घाइते भएका हुन् ।
श्वविद्यालयका दुई स्थानमा गोली हानाहान हुँदा तीन जनाको मृत्यु भएको छ, भने ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मास्क लगाएका अज्ञात व्यक्तिले गोली चलाएका अनुमान गरिएको छ ।
गोली प्रहार गरेर फरार भएको आरोपीको खोजी कार्य भईरहेको र विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई तत्काल सुरक्षित रहन आग्रह समेत गरेका हुन् । एजेन्सी






