भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा

   १६ असार २०७९, बिहीबार १३:५७  

१६ असार, एजेन्सी । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् ।

बुधबार गएराति सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै ठाकरेले आफ्नो पदबाट राजीनामा दिएका हुन् । हिजो राति ९ बजेतिर सर्वोच्च अदालतले बहुमत परीक्षण रोक्न अस्वीकार गरेको थियो ।

महाराष्ट्रका राज्यपाल कोसियारीले पनि बहुमत परीक्षण गर्न भन्दै आज बिहान ११ बजे विधानसभाको विशेष अधिवेशन आह्वान गरेका थिए । त्यसविरुद्ध शिवसेनाका नेता सुनिल प्रभुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीशहरु सूर्यकान्त र जेबी पार्डिवालाले रिटमा सुनुवाइ गर्दै विधानसभामा फ्लोर टेस्टलाई रोक्न नसकिने फैसला सुनाएका थिए । त्यसपछि मुख्यमन्त्री ठाकरेले राजीनामा दिएको घोषणा गरे ।

उनी करिब साढे २ वर्ष महाराष्ट्रको मुख्यमन्त्री भए। एजेन्सी