अफगानिस्तान भूकम्पमा हुँदा २८० जनाको मृत्यु
८ असार, एजेन्सी । अफगानिस्तानमा मंगलबार मध्यराति भएको भूकम्पमा परेर २८० जनाको मृत्यु भएको छ ।
भूकम्पमा परेर २८० जनाले ज्यान गुमाएको बारेमा त्यहाँको सरकारी समाचार एजेन्सीले जानकारी दिएको छ । मंगलबार राति १:३० बजेतिर पक्तिका प्रान्तका ४ वटा जिल्लामा शक्तिशाली भूकम्प हुदाँ ६ सय भन्दा धेरै मान्छेहरु घाइते भएका छन् ।
भूकम्पबाट कयौँ घरहरु ध्वस्त भएको छ । भूकम्पको कारण घाइते भएका पीडितहरुलाई दुर्गम क्षेत्रबाट हेलिकोप्टर मार्फत उद्धार गरि अस्पताल पुर्याइएको छ ।
तालिबान अधिकारीहरुले देशको पूर्वमा प्रभावित क्षेत्रहरुमा तत्काल सहयोग गर्न एजेन्सीहरुलाई आह्वान गरेका छन् ।






