संक्रमित सोनिया गान्धी अस्पताल भर्ना

   २९ जेष्ठ २०७९, आईतवार १६:३०  

२९ जेठ, एजेन्सी । भारतीय कांग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । अस्पताल भर्ना भएकी संक्रमित सोनिया गान्धीको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ ।

‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था स्थिर रहेको पार्टी प्रवक्ता रणदीप सुरजेवालाले ट्वीट मार्फत जानकारी दिए ।

सोनियालाई केही दिनअघि कोभिड पोजेटिभ देखिएको थियो । कोभिड संक्रमण देखिएपछि उनी आफ्नै निवासमा आइसोलेसनमा रहेकी थिइन् । एजेन्सी