सोनिया गान्धीलाई कोरोना पुष्टि

   १९ जेष्ठ २०७९, बिहीबार १७:३५  

१९ जेठ, एजेन्सी । भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएपछि सोनिया गान्धी आइसोलेसनमा बसेकी हुन् । सोनियालाई कोरोना पुष्टि भएको पार्टीले पुष्टि गरेको छ ।

‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड १९ भएको छ’, कंग्रेसका वरिष्ठ नेता तथा पार्टी प्रवक्ता रणदिप सिंह सुरजेवालाले भने । उनलाई हल्का ज्वरो र केही लक्षण देखिएको छ ।

बुधबार मात्र सम्पत्ति शुद्धीकरण मुद्धामा अध्यक्ष गान्धी र पार्टी नेता राहुल गान्धीलाई भ्रष्टाचारविरुद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटले ८ जुनमा उपस्थित हुन आदेश दिएको थियो । एजेन्सी