भरतमा फेरि संक्रमण दर बढ्दैँ
२० वैशाख, एजेन्सी । छिमेकी मुलुक भारतमा फेरी कोरोना संक्रमण दर बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा थप २५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ सय ६८ जनामा संक्रमण देखिएको हो ।
यस्तै, यो अवधिमा थप कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ ।
त्यस्तै, दिल्लीमा मात्रै १०७६ जनामा संक्रमण थपिएका छन् भने हरियणामा ४३९, केरलामा २५०, उत्तर प्रदेशमा १९३, कर्नाटकमा १११ जना नयाँ संक्रमित थपिएका छन् ।
मंगलबार २९ सय ११ जना कोरोनामुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या १९ हजार १३७ रहेको छ ।
पछिल्लो २४ घण्टामा १६ लाख २३ हजार ७९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । एजेन्सी






