चीनमा विमान दुर्घटनाग्रस्त
७ चैत, एजेन्सी । चीनको गुआङ्शी प्रान्तको पहाडी इलाकामा विमान दुर्घटना भएको छ ।
१३३ जना यात्रु सवार विमान दक्षिणी चीनको गुआङ्शी प्रान्तको पहाडी ईलाकामा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
चाइना इष्ट्रन एअरलाइन्सको बोइङ ७३७ विमान युनान प्रान्तको कुन्मिङ शहरबाट गुआङडोङ प्रान्तको ग्वाङजाउ शहरतर्फ उडिरहेका बेला दुर्घटनामा परेको हो ।
दुर्घटनास्थलमा आगलागी समेत भएको चीनको सरकार नियन्त्रित सीसीटिभी च्यानलले जनाएको छ । उद्धारकर्ताहरु घटनास्थलमा पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा मानवीय क्षतिबारे हाल केही विवरण सार्वजनिक भएको छैन् । एजेन्सी






