अबको २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण; राष्ट्रपति जेलेन्स्की
१६ फागुन, एजेन्सी । युक्रेनका लागि अबको २४ घण्टामा महत्वपूर्ण रहेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण हुने बताएका हुन् ।
सोमबार बेलारुसको सीमा नजिकै युक्रेन र रुसका प्रतिनिधिबीच वार्ता हुन लागिरहेका बेला उनको पछिल्लो भनाइ आएको हो । तर, वार्ताका लागि युक्रेन तयार भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविकसहित अन्य भारी हतियारलाई विशेष सतर्कतामा रहन निर्देशन दिएका छन् ।
पुटिनले नेटोका सदस्य राष्ट्रले आक्रामक अभिव्यक्ति दिएको भन्दै आणविक हतियार सतर्क अवस्थामा रहन भनेका हुन् । एजेन्सी






