थप ५४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाए; भारत सरकार

   २ फाल्गुन २०७८, सोमबार १४:१८  

२ फागुन, एजेन्सी । राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दैँ भारत सरकारले थप ५४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । ५४ वटा चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाउने भारतीय सरकारले आदेश जारी गरेको छ ।

५४ चिनियाँ एपहरूमा; ब्युटी क्यामेरा, ब्युटी क्यामेरा-सेल्फी क्यामेरा, स्विट सेल्फी एचडी, इक्वेलाइजर एण्ड बेस बुस्टर, क्यामकार्ड, आइसोल्यान्ड २:आसेज अफ टाइम लाइट, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, ओन्म्योजी चेस, ओन्म्योजी एरेना, एपलक र डुअल स्पेस लाइटलगायत छन् ।

गत वर्षको जुनमा पनि भारतले टिकटक, विच्याट र हेलो लगायतका ५९ चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाएको थियो। जुन २९ को आदेशमा प्रतिबन्ध लगाइएका अधिकांश एपहरूले प्रयोगकर्ताको डाटा संकलन गरिरहेको गुप्तचर निकायहरूले बताएका थिए ।

चीनसँगको सीमा विवादमा पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएपछि भारतले सो निर्णय गरेको थियो । एजेन्सी