दक्षिण कोरियामा पेट्रोकेमिकल प्लान्टमा विस्फोट हुदाँ ४ जनाको मृत्यु

   २८ माघ २०७८, शुक्रबार १४:४३  

२८ माघ, एजेन्सी । दक्षिण कोरियाको येओसु सहरस्थित एक पेट्रोकेमिकल प्लान्टमा विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ ।

विष्फोटमा परी ४ जनाको मृत्यु भएको भने अन्य चारजना उपचाररत रहेका हुन् । विस्फोटमा ज्यान गुमाउने चारै जना प्लान्टमा कार्यरत कामदार रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

येओचुन एनसीसी (वाईएनसीसी)मा रहेको प्लान्टमा सो विष्फोट भएको अधिकारीहरुले बताएका छन् । सफाइ गर्ने क्रममा प्लान्टमा रसायन चुहावट हुदाँ विष्फोट भएको बताइएको छ । यता सरकारले प्लान्टलाई उत्पादन गर्न रोक लगाउन आदेश दिएको छ ।

विष्फोटपछि उत्पादन स्थगित गर्ने वा प्लान्ट बन्द गर्ने निर्णय गर्ने भन्ने विषयमा छलफल हुने त्यहाँको श्रम मन्त्रालयले जनाएको छ । एजेन्सी