रुसमा एकैदिन थपिए १ लाख भन्दा धेरै संक्रमित

   २१ माघ २०७८, शुक्रबार १४:२०  

२१ माघ, एजेन्सी । रुसमा यो अवधिमा महामारी सुरु भएयताकै धेरै संंक्रमित थपिएका छन् । रुसमा पछिल्लो २४ घण्टामा १ लाख ५५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण रुसमा थप ६६५ जनाको मृत्यु भएको छ । यससहित हालसम्म रुसमा कोरोनाबाट ३ लाख ३३ हजार संक्रमितहरुले ज्यान गुमाइसकेका छन् ।

अहिले देखिएका सङ्क्रमितमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन् ।
यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरूको तुलनामा बढी नै फैलिएको रुसको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । एजेन्सी