भारतमा थपिए १ लाखभन्दाँ बढी संक्रमित
१९ माघ, एजेन्सी । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ लाख ६१ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यो अवधिमा थप २ लाख ८१ हजारभन्दा धेरै जना कोरोना संक्रमणमुक्त भएको छन् । थपिने संक्रमितको संख्यामा केहिदिने देखि कमी आएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तर, कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्यामा प्रतिदिन वृद्धि नै भएको कारण चिन्ताको विषय बनेको छ ।
यो अवधिमा मात्रै कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण थप १ हजार ७३३ जनाको मृत्यु भएको छ ।






