भारतीय विदेशमन्त्रीलाई कोरोना पुष्टि

   १४ माघ २०७८, शुक्रबार १४:५४  

१४ माघ, रौतहट । भारतका विदेशमन्त्री एस जयशंकरलाई कोरोना पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि बिहीबार पीसीआर परीक्षण गराउँदा उनका कोरोना रिपोर्ट पोजेटिभ आएको भारतीय विदेशमन्त्रालयले जानकारी दिएको छ ।

विदेशमन्त्री जयशंकरले पनि ट्वीट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको भन्दै केही दिनयतादेखि आफ्नो सम्पर्कमा रहेका अरु व्यक्तिहरुलाई पनि कोरोना भाइरसबाट सतर्क रहन आग्रह गरेका छन् ।