दक्षिण अफ्रिकामा आँधीबाट मर्नेको संख्या ७७ पुग्यो
१४ माघ, एजेन्सी । दक्षिण अफ्रिकी मुलुकहरुमा केहि दिनअघि आएको आँधीबाट मर्नेहरुको संख्या ७७ पुगेको छ । आज बिहानसम्म मर्नेहरुको संख्या ७७ पुगेको अन्तर्राष्ट्रिय मिडियामा खबर आएको छ ।
दक्षिण अफ्रिकी मुलुकहरुमा केहि दिनअघि उष्णकटबंधिय आँधीसंगै भारी वर्षा समेत भएको थियो । जसका कारण दक्षिण अफ्रिकी मुलुक मोजाम्बिक, मदागस्कर, जिम्वाबेमा ७७ मानिसको मृत्यु भएको छ ।
आँधीका कारण मोजाम्बिकमा मात्र विद्यालय, अस्पतालसहित अन्य १० हजार घरहरु पूर्ण रुपमा क्षतीग्रस्त बनेका छन । आँधीका कारण करिब २ लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ । एजेन्सी






