हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु, ७६ जना घाइते

   ११ माघ २०७८, मंगलवार १३:०६  

११ माघ, रौतहट । हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु भएको छ । अत्याधिक हिमपातका कारण करिब ४२ जनाको मृत्यु भएको छ भने अधिकारीहरूले ७६ जना घाइते भएका जनाएका छन् ।

प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा अत्यधिक हिमपात भएको जानकारी गराएका हुन् । मन्त्रालयका अधिकारीका अनुसार पछिल्ला २० दिनमा हिमपातका कारण २ हजारभन्दा बढी घरमा क्षति समेत भएको छ ।

हिमपात प्रभावितलाई अस्थायी शिविर बनाएर राखिएको र अत्यावश्यक सेवा तथा सामग्रीहरू उपलब्ध गराइएको जनाइएको छ । तर कतिपय स्थानमा भने प्रतिकूल मौसमका कारण प्रभावितको खोजी, उद्धार तथा राहतका लागि समस्या भइरहेको जनाइएको छ ।